बारम्बार सोधिने प्रश्नहरू

सवारी चालक अनुमतिपत्र (लाईसेन्स) मा नै बहाल अवधि (Expiry Date) लेखिएको हुन्छ । उक्त Expiry Date व्यतित भएको ९० दिन भित्रमा नविकरण गर्नु पर्छ । ९० दिन भित्र पनि नविकरण गरिएन भने जरिवाना लाग्छ । नोटः एउटै चालक अनुमतिपत्रमा एकभन्दा बढी वर्गका सवारी चलाउने इजाजत पाएको भए सबैभन्दा बढी दस्तुर लाग्ने वर्गको दस्तुर मात्र लाग्छ । सवारी चालक अनुमतिपत्र समयमै नवीकरण नगरे के कति जरिवाना लाग्छ ? सवारी चालक अनुमतिपत्रको वहाल अवधि समाप्त भएको मितिले ९० दिनभित्र नवीकरण गरिसक्नुपर्छ । वहाल अवधिपछिको ९० दिन सम्म पनि अनुमतिपत्र नवीकरण नगराएमा बहाल अवधि समाप्त भएको एक वर्षसम्म १००%, दुइ वर्षसम्म २००%, तीन वर्षसम्म ३००%, चार वर्षसम्म ४००% र पाँच वर्षसम्म ५००% थप जरिवाना र दस्तुरसमेत लाग्छ । सवारीचालक अनुमतिपत्रको नविकरण पाँच वर्ष लागि कायम रहन्छ । पाँच वर्षम्म पनि नवीकरण नगराएको सवारी चालक अनुमतिपत्र स्वतः रद्द हुन्छ। जरिवाना तिरेर पनि नविकरण गर्न पाइने अवधि समेत व्यतित भैसकेको भएमा त्यस्तो अनुमतिपत्रको नवीकरण गर्न पाइदैन ।

१. सवारी चालक अनुमतिपत्र हराएमा, नास्सिएमा वा कुनै कारणले काम नलाग्ने भएमा प्रतिलिपि प्राप्त गर्नको लागि देहायको कागजात/प्रक्रिया आवश्यक पर्दछ । क) ट्राफिक प्रहरी कार्यालयको सिफारिस पत्र । नोट:ट्राफिक प्रहरी कार्यालयको सिफारिस पत्रको लागि Click Here ख) सवारी चालक अनुमति पत्र जुन कार्यालय बाट जारी भएको हो सोही कार्यालय बाट मात्र प्रतिलिपि प्राप्त गर्न सकिने छ । ग) निवेदकले सक्कल नागरिकता वा राष्ट्रिय परिचयपत्र वा नेपाल सरकार बाट जारी भई म्याद कायम रहेको कुनै परिचयपत्र साथ स्वयम उपस्थित हुनु पर्ने छ ।

१. प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ५१(१) अनुसार सवारी चालक अनुमतिपत्र प्राप्त गर्नको लागि उमेर देहायको उमेर पुगेको हुनुपर्नेछः (क) ठूलो सवारीको निम्ति : २१ वर्ष उमेर पूरा गरेको ख) कार, जीप र तीन पाङ्ग्रे लगायतको सवारीको लागि १८ वर्षउमेर पुगेको ग) दुइ पाङ्ग्रे मोटरसाईकल स्कुटर लगायतको लागि १६ बर्ष उमेर पुगेको २. देहायको व्यक्ति सवारी चालक अनुमतिपत्र प्राप्त गर्न योग्य मानिने छैन: (क) छारे रोग भएको वा मानसिक असन्तुलन भएको कारणले सवारी साधन चलाउन असमर्थ भएको, (ख) आँखाको देख्ने शक्ति कमजोर भई चश्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठीक नभएको, (ग) साधारण ध्वनी, संकेत, आवाज सुन्न नसक्ने, (घ) रातो, हरियो, पँहेलो इत्यादि रङ्गहरू तुरून्त छुट्याउन नसक्ने दृष्टिदोष भएको, (ङ) रतन्धो भएको व्यक्ति, तर फरक क्षमता भएका व्यक्तिका निम्ति खास किसिमले बनेका सवारीको निमित्त यो खण्डको बन्देज लागु हुनेछैन, (च) आधारभूत तह उत्तीर्ण नभएको व्यक्ति, (छ) दुवै आँखा नभएको व्यक्ति, (ज) हातखुट्टा शक्तिहीन भई काम दिन नसक्ने व्यक्ति, (झ) ठुलो र मझौला सार्वजनिक सवारीको लागि ६० वर्ष उमेर पुराभएको व्यक्ति, (ञ) सानो सवारी चलाएको २ वर्ष पुरा नभएसम्म मझौला र ठुलो सवारी चलाउन चालक अनुमतिपत्र दिइने छैन , (ट) दफा ६५ बमोजिम चालक अनुमतिपत्र खारेज भएकोमा त्यस्ताे खारेज भएको मितिले पाँच वर्ष अवधि पूरा नभएको व्यक्ति ।

Smart Card को लागि सन् 2022 July 30 सम्म जारी/नवीकरण भएका सवारीचालक अनुमतिपत्र बाहकले मात्र यस कार्यालयमा सम्पर्क गर्नुहोला । तत् पश्चातका सवारीचालक अनुमतिपत्र बाहकले यातायात व्यवस्था विभाग मीनभवन, काठमाडौंमा सम्पर्क गर्नुहोला ।