Government of Nepal Logo
Government of Nepal Logo
Bagamati Province Government
Ministry of Labor, Employment and Transport

Transport Management Office, Driving License

Ekantakuna, Lalitpur

Bagamati Province Government
Ministry of Labor, Employment and Transport

Transport Management Office, Driving License

Ekantakuna, Lalitpur

FAQ


Smart Card को लागि सन् 2022 July 30 सम्म जारी/नवीकरण भएका सवारीचालक अनुमतिपत्र बाहकले मात्र यस कार्यालयमा सम्पर्क गर्नुहोला । तत् पश्चातका सवारीचालक अनुमतिपत्र बाहकले यातायात व्यवस्था विभाग मीनभवन, काठमाडौंमा सम्पर्क गर्नुहोला ।

 

सवारी चालक अनुमतिपत्र प्राप्त गर्न कति उमेर पुगेको हुनु पर्दछ ?

१. प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ५१(१) अनुसार सवारी चालक अनुमतिपत्र प्राप्त गर्नको लागि  उमेर देहायको उमेर पुगेको  हुनुपर्नेछः

(क) ठूलो सवारीको निम्ति : २१ वर्ष उमेर पूरा गरेको

ख) कार, जीप र तीन पाङ्ग्रे लगायतको  सवारीको लागि १८ वर्षउमेर पुगेको 

ग) दुइ पाङ्ग्रे मोटरसाईकल स्कुटर लगायतको लागि १६ बर्ष उमेर पुगेको

 

२. देहायको व्यक्ति सवारी चालक अनुमतिपत्र प्राप्त गर्न  योग्य मानिने छैन:

(क) छारे रोग भएको वा मानसिक असन्तुलन भएको कारणले सवारी साधन चलाउन असमर्थ भएको,

(ख) आँखाको देख्ने शक्ति कमजोर भई चश्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठीक नभएको,

(ग) साधारण ध्वनी, संकेत, आवाज सुन्न नसक्ने,

(घ) रातो, हरियो, पँहेलो इत्यादि रङ्गहरू तुरून्त छुट्याउन नसक्ने दृष्टिदोष भएको,

(ङ) रतन्धो भएको व्यक्ति, तर फरक क्षमता भएका व्यक्तिका निम्ति खास किसिमले बनेका सवारीको निमित्त यो खण्डको बन्देज लागु हुनेछैन,

(च) आधारभूत तह उत्तीर्ण नभएको व्यक्ति,

(छ) दुवै आँखा नभएको व्यक्ति,

(ज) हातखुट्टा शक्तिहीन भई काम दिन नसक्ने व्यक्ति,

(झ) ठुलो र मझौला सार्वजनिक सवारीको लागि ६० वर्ष उमेर पुराभएको व्यक्ति,

(ञ) सानो सवारी चलाएको २ वर्ष पुरा नभएसम्म मझौला र ठुलो सवारी चलाउन चालक अनुमतिपत्र दिइने छैन , 

(ट) दफा ६५ बमोजिम चालक अनुमतिपत्र खारेज भएकोमा त्यस्ताे खारेज भएको मितिले पाँच वर्ष अवधि पूरा नभएको व्यक्ति ।

 

 

सवारीचालक अनुमतिपत्र हराएमा प्रतिलिपि लिन के गर्नु पर्दछ ?

१. सवारी चालक अनुमतिपत्र हराएमा, नास्सिएमा वा कुनै कारणले काम नलाग्ने भएमा प्रतिलिपि प्राप्त गर्नको लागि देहायको कागजात/प्रक्रिया आवश्यक पर्दछ ।

क) ट्राफिक प्रहरी कार्यालयको सिफारिस पत्र ।   नोट:ट्राफिक प्रहरी कार्यालयको सिफारिस पत्रको लागि  Click Here

ख) सवारी चालक अनुमति पत्र जुन कार्यालय बाट  जारी भएको हो सोही कार्यालय बाट मात्र प्रतिलिपि प्राप्त गर्न सकिने छ ।

ग) निवेदकले सक्कल नागरिकता वा राष्ट्रिय परिचयपत्र वा नेपाल सरकार बाट जारी भई म्याद कायम रहेको कुनै परिचयपत्र साथ स्वयम उपस्थित हुनु पर्ने छ ।

सवारीचालक अनुमतिपत्र नविकरण सम्बन्धि

सवारी चालक अनुमतिपत्रको नवीकरण कहिले गर्नुपर्छ?

सवारी चालक अनुमतिपत्र (लाईसेन्स) मा नै बहाल अवधि (Expiry Date) लेखिएको हुन्छ । उक्त Expiry Date व्यतित भएको ९० दिन भित्रमा नविकरण गर्नु पर्छ । ९० दिन भित्र पनि नविकरण गरिएन भने जरिवाना लाग्छ ।

 

नोटः एउटै चालक अनुमतिपत्रमा एकभन्दा बढी वर्गका सवारी चलाउने इजाजत पाएको भए सबैभन्दा बढी दस्तुर लाग्ने  वर्गको दस्तुर मात्र लाग्छ ।

सवारी चालक अनुमतिपत्र समयमै नवीकरण नगरे के कति जरिवाना लाग्छ ?

सवारी चालक अनुमतिपत्रको वहाल अवधि समाप्त भएको मितिले ९० दिनभित्र नवीकरण गरिसक्नुपर्छ । वहाल अवधिपछिको ९० दिन सम्म पनि अनुमतिपत्र नवीकरण नगराएमा बहाल अवधि समाप्त भएको एक वर्षसम्म १००%, दुइ वर्षसम्म २००%, तीन वर्षसम्म ३००%, चार वर्षसम्म ४००% र पाँच वर्षसम्म ५००% थप जरिवाना र दस्तुरसमेत लाग्छ ।

सवारीचालक अनुमतिपत्रको नविकरण पाँच वर्ष लागि कायम रहन्छ । पाँच वर्षम्म पनि नवीकरण नगराएको सवारी चालक अनुमतिपत्र स्वतः रद्द हुन्छ। जरिवाना तिरेर पनि नविकरण गर्न पाइने अवधि समेत व्यतित भैसकेको भएमा त्यस्तो अनुमतिपत्रको नवीकरण गर्न पाइदैन ।

वर्ग थप सम्बन्धमा

वर्ग थपको निम्ति अनलाईन आवेदन कहाँ दिने हो?

वर्गथपको आवेदन गर्नको निम्ति https://applydlnew.dotm.gov.np/ मार्फत् Online Form भर्न सक्नुहुन्छ । Online Form को लगइन पेजमा रहेको "अनलाइन आवेदन फाराम भर्ने लगायत अन्य सम्बन्धित विषय सम्बन्धी जानकारीहरु" राम्रोसँग पढेर मात्र लगइन गर्नुहोला । कतिपय विवरणहरु फरक पर्न गएमा फाराम नै रद्द हुने हुँदा कार्यालयबाट सच्याउन मिल्दैन र १५ दिन पछि पुनः फराम भर्नुपर्ने हुन्छ ।

 

अनलाईन फाराम भरेपछि कहिले कार्यालयमा जानुपर्छ?

अनलाईन फाराम भर्दा नै तपाईले कार्यालय Visit Date रोज्‍न सक्नुहुन्छ । उक्त तपाईले रोजेकै मितिमा ढीलोमा २ बजे भित्रमा वर्ग थप दर्ता गर्न कार्यालय आउनु पर्ने हुन्छ । Visit Date मा उपस्थित हुन नसकेमा कार्यालयबाट मिति सार्न नमिल्ने हुँदा १५ दिन पश्चात् फेरी अनलाईन फाराम भर्नुपर्छ । 

 

वर्गथप गर्दा लिखित परीक्षा दिनु पर्छ कि पर्दैन?

पहिले कुनै सवारी चालक अनुमतिपत्र प्राप्त गरिसकेका व्यक्तिहरुले थप सवारीका लागि अनुमतित्र प्राप्त गर्न पुनः लिखित परीक्षा दिनुपर्दैन । तर लिखित परीक्षा दिन नपर्ने वर्गको अनुमतिपत्र प्राप्त गरेको थियो भने चाहीँ वर्ग थप गर्दा लिखित परीक्षा दिनु पर्छ ।

 

वर्गथपको आवेदन सम्पन्न भए पश्चात् कति समयमा ट्रायल परीक्षा हुन्छ ?

कार्यालयको क्षमता एवं आवेदकहरुको चापलाई मध्यनजर गर्दै कतिपय अवस्थामा वर्गथपको राजश्व तिरेको भोलिपल्टै र कतिपय अवस्थामा एक हप्ता सम्मको समय लाग्‍न सक्छ ।

ट्रायल परीक्षा उत्तिर्ण भएमा त्यस पश्चात् के के गर्नुपर्छ?

ट्रायल परीक्षा उत्तिर्ण भएमा परीक्षार्थीले लिइ आएको प्रवेशपत्रमा तत्कालै केन्द्राध्यक्ष तथा ट्राफिक प्रतिनिधि दुबैले पास जनाई ३ दिन पश्चात् License Fees (राजश्व) तिर्न सूचना दिन्छन् ।  वेवसाईटमा ट्रायल परीक्षाको नतिजा सार्वजनिक भएपश्चात् अनलाईनमै राजश्व भुक्तानी गरी अनलाईन भौचर प्राप्त गर्न सक्नुहुन्छ । राजश्व भुक्तानी गरेपश्चात् तपाईको अभिलेख याताायत व्यवस्था विभागमा स्मार्ट कार्ड प्रिन्टिङको निम्ति सुचिकृत हुन्छ । तपाईको मोवाईलमा विभागबाट कार्ड प्रिन्ट भएको SMS प्राप्त भए पश्चात् कार्ड लिन सक्कल नागरिकता लिएर व्यक्ति स्वयं नै उपस्थित हुनु पर्छ । 
 
नोटः प्रयोगात्मक परीक्षा (ट्रायल) मा उत्तिर्ण भएको बढीमा १२ महिना भित्र राजश्व बुझाइसक्नुपर्छ ।
 

ट्रायल परीक्षा असफल भएमा फेरी कहिले र कतिपटक पुनः परीक्षा दिन पाइन्छ?

असफल भएको मितिले ९० दिन भित्रमा पुनः २ पटक प्रयोगात्मक परीक्षा दिन पाइन्छ । 

नोटः

नयाँ फर्म दर्ता गर्ने दिनहरूः प्रत्येक हप्ताको आइतबार, सोमबार, मंगलबार र बुधबार

पुनः प्रयोगात्मक परीक्षाा (Re-Trial) परीक्षाको लागिः प्रत्येक दिन

रिट्रायल परीक्षाको निम्ति Online Form भर्नुपर्दैन, सिधै कार्यालयमा आइ दर्ता गराइ परीक्षा शुल्क भुक्तान गरी प्रवेशपत्र लिनुपर्छ । कुनै विशेष कारणले urgent retrial परीक्षा दिनु पर्ने भएमा कार्यालय प्रमुख समक्ष निवेदन दिई अन्य बारहरुमा रिट्रायलको लागि दर्ता गर्न सकिन्छ ।


Site Visited : page counter
Last Updated : 2081-12-13 16:01:45

© All Rights Reserved to Transport Management Office, Driving License